Saturday, January 14, 2017

गजल ( १० जनवरी )

खोज त! कहीं कतै लूक्याछन कीत! मीठा मीठा बातहरु
शब्द वाणले कती घोच्छौ असह्य भईसके यो मुटूमा घातहरु
एक जमाना कति सुन्दर थ्यो हाम्रो ओठमा ओठ मील्नेगर्थे
ती आँखा हेर्दै यी आँखाले नै कोर्ने गर्थ्यो कयौं प्रेमिल खतहरु
थियो एउटै लत ' प्रेम' , माया'मै हामी संधै मरिमेट्ने गर्थ्यौ
प्रेम भताभुङग, चूरोट गाँजा रक्सी आज भए मेरा लतहरु ...
गंगा बगेझै बग्यो सम्बन्ध, मुहान छोडेर समुँद्र टेकी भ्यायो
म कुरिरहेछू बसन्त, जिवन शिशिर भयो झरे रहरका पातहरु ।


प्रल्हाद दाहाल (प्रेममोती )
काठमाडौं, नेपाल !
हाल :- UAE 
-

No comments:

Post a Comment

"Thank you" For your time.