Sunday, January 8, 2017

पौष २७ पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग गरि दुतावास’मा ज्ञापन पत्र !!! यु.ए.ई.



प्रल्हाद दाहाल
दुबई, यु.ए.ई.

      " श्रम को सम्मान गरौं । "
                 हिजो पौष २४ गते(Jan-8) आइतवार को दिन नेपाली दूतावास यूएई का कार्यबाहक राजदूत श्री नेत्र टण्डन लाई प्रवासी नेपाली एकता समाज ( राप्रपा निकट ) ले “पृथ्वी जयन्ती तथा एकता दिवसबारे ध्यानाकर्षण “ गराउंदै ज्ञापनपत्र बुझाएको छ, 


उक्त कार्यक्रम संस्थाका प्रमुख अध्यक्ष शशी शिलवाल, महासचिव दिप्रशन प्रसाई तथा सल्लाहकारहरु बिकाश भारती, तोया-नाथ (नारायण) लम्शाल र पत्रकार प्र्ल्हाद दाहाल तथा दित्तीय सचिव कृष्ण अर्यालको रहोवरमा सम्पन्न गर्यो |



               यसरि ‘ पृथ्वी जयन्ती तथा एकता दिवस “ को बारे ध्यानाकर्षण गर्दै बिदेशी भूमिमा नेपाली राजदुतावास’मा ज्ञापन पत्र बुझाउने यो संस्था पहिलो हो | र अन्य देशहरुमा नी ‘ पृथ्वी जयन्ती तथा एकता दिवस ‘ को अवसरमा पृथ्वी नारायण शाह को फोटोमा माल्यार्पण गर्दै सबै बिदेशी भूमिमा रहेका नेपाली दाजुभाईलाई एकदिन भएपनि एकता गर्ने कार्य भइरहेको छ .. यसै शिलशिलामा हंगकंग मा अस्ति मात्र उक्त कार्यकर्म गरिएको थियो |


                    

राजदुतावासमा प्रवासी नेपाली एकता समाज यु.ए.ई.ले बुझाएको ज्ञापन पत्रमा निम्न लिखित कुराहरु समावेश छन |

श्री कार्यबाहक महामहिम ज्यु
नेपाली राजदुतावास कार्यालय
संयुक्त अरब इमिरेट्स ( यु.ए.ई )

                  बिषय :- पृथ्वी जयन्ती तथा एकता दिवसबारे ध्यानाकर्षण सम्बन्धमा
                                
                        नेपाली इतिहासको कालखण्डलाई मध्यनजर गर्दा बाइसे चौबिसे लगायतका स-साना टुक्रामा रहेका अनेक राज्यलाइ एकीकरणको सुत्रमा बाँधी विशाल नेपाल बनाउने महान अभियानका अभियनता, रास्ट्रनिर्माता तथा सामाजिक एबं न्यायिक प्रवर्द्धनका प्रतिमुर्ति, राष्ट्रियता तथा नेपाली एकताका प्रतीक श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९५ औं जन्म जयन्ती यहि मिति २०७३ पौष २७ गते (11 Jan 2017) का दिन परेको हुँदा उक्त दिनलाइ राष्ट्रिय महत्वका साथ लिन साथै उक्त दिन (पौष २७) लाई राष्ट्रिय एकता दिवसका रुपमा पुन:घोषणा गरि सार्बजनिक बिदा समेत प्रदान गरि रास्ट्र निर्माता श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाह प्रति सम्मान प्रदान गर्न आवस्यक प्रक्रिया अगाडी बढोस भनि नेपाल सरकार समक्ष नेपाली राजदुतावास युएई मार्फत प्रवासी नेपाली एकता समाज यु.ए.ई. जोडदार माग सहित ध्यानाकर्षण गराउन चाहन्छ ।

     श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरण, रास्ट्र निर्माण प्रतिको देन, सुशासन तथा न्याय प्रणाली साथै बाहिरी आक्रमण समेतलाइ निस्तेज गरि रास्ट्र बचाउन गरियेको देन सदा स्मरणीय तथा कदरयोग्य रहको छ र हामी सदैब कदर गर्दै गर्व गर्नेछौ ।

शशी शिलवाल
अध्यक्ष
एवं प्रवासी नेपाली एकता समाज परिवार
यु.ए.ई.






             साथै उक्त भेटघाट तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम मा महामहिम संग यूएईमा कार्यरत नेपाली श्रमिक' का समस्या र दूतावासले श्रमिक को हितमा गरीरहेको काम कारबाही बारे छलफल तथा ' पौष २७ गते एकता दिवस र श्री ५ बड़ा महाराजधिराज पृथ्वी नारायण शाहको जन्मजयन्ति ( पृथ्वी जयन्ती ) मनाउंदै सार्वजनिक बीदा दीने प्रचलन लाई पून:- सुचारू गरी सार्वजनिक बीदा दीने व्यवस्था गरियोस ' भन्ने माग लाई पुन; सम्बोधन भएको थियो |



                   ' राजा आऊ, देश बचाऊ ! ' नारा जताततै घन्किरहेको यो बेलामा .. यस क़दम लाई कसरी लिनुहूँछ ? यो तपाईहरुको नै जिम्मा'मा छोडे..


No comments:

Post a Comment

"Thank you" For your time.