Tuesday, November 15, 2016

म बिहे गरेर "आमा" हज़ुरलाई वृध्दाश्रम पठाउन चाहन्न ....


.
.

आमा जननी हून
आमा नै धर्मको धर्म
आमा ज्ञानको ज्ञान र 
अज्ञान माफ़ी दीने ठूलो भगवान!


             ' आमा ' बिगत छ, सात वर्षदेखि पर्देशी भएको तपाईको छोरोको सात समुद्र पारीबाट हज़ुरको चरणमा स्पर्श गर्दै साष्टांग दण्डवत सहित दुई हात जोडेर नमस्कार !! आमा ! म यति लामो समय परदेश बस्दा मैले हजुरसंग कुरा गर्दाको प्रत्येक पटक हज़ुरले मेरो बिहे को कुरा गर्नुभयो ! आमा आजकलका संस्कारी आमाले आफ्ना छोराछोरीलाई ' तिमी ' भनेर बोलाउने गर्छन तर मलाई ' आमा ' हजुरले ' तँ ' भनेकोनै औधि मनपर्छ ! ' हेर त बाबू ! तेरी दीदी को नी बिहे भयो अब त म एक्लै भए ! ' ' सुन त ! तँ संगै एकदेखि संगै पढ़ने शिभ' ले नी कती राम्री बुहारी ल्यायो ! ' ' त्यो राधे' को दोश्रो बच्चा को आज पास्नी छ ! ' ' आज मेरो ढाड साहै दुखेको छ ! कोहि छैन मालिस गरिदिने ..!! ' ' यी हेर फोटा लक्ष्मी' को छोरी को, त्यो तँ संगै सात पढ़ेकि जेठाघरे की छोरी लक्ष्मी क्या ' .. ' आज पण्डित आएका थिए, तेरो चीना हेराएको यही साल नभए त अब दश वर्ष पछी मात्र तेरो बिहे हुने लक्षण छन रे ' .. अब तैंले चै कहिले बिहे गर्ने हो भन हौ बाबू ! मैले फ़ोनको अन्तरालमा यी बीचमा सायौं भन्दा बढ़ी पटक सुनेको छू र हज़ुरको यो प्रत्येक प्रश्न ले मेरो मुटूमा भईचालों ल्याउने गर्थ्यो र म कक्रक लत्रक्क र ठेलमठेल गरेर सास फेर्दै मैले प्रत्येक वार्तालाप को अन्त्य गरेको थिए । अनि हजुरूले " तेरो भाई' कृष्णको बिहे गर्दिम भने, बिबाह ठूलो बाट र तिहारको भाईटिका सानाबाट सुरू ग़र्ने समाजको रीति फलानो' की 'आमा' ले तोड़ि भनेर गाऊँ मा बस्न गार्हो गर्नेछन ! ' समेत भन्नुभयो ।
" आमा " हज़ुरले पछिल्लो पटक ' लौ न ! आज त म मर्छु क्या हो ! कस्तो मुटू खायो ... बाबू घरमा कोहि छैन, कृष्ण नी आज कलेज बाटभ्रमण गएको छ, हे ईश्वर बचाऊ मलाई " भन्दा ... आमा' केही हून्न तातोपानी पिउनु, त्यो मैले यता परदेशबाट नै लगेको, कालों कलर को किल्टीको प्लग, बत्तीमा जोड़नु आफ़ै तातोपानी हूँछ र पिउनु भन्दै मन अमिलो गरेर, पन्ध्र मिनेट पछी ' जाती ' भएर ' धन्न ! बाँचे भगवान । ' भन्दा मेरो आँखा का डील बाट आँसू निरंतर बर्षायामको झरी झै बगेका थिए र फ़ोन राखेर म ढोका थूनेर डांको छोडि रोएको थिए ।

" आमा " मलाई माफ़ गरिदिनु आमा ! सानो मा स्कूल पढ़दा हज़ुरले म रोएको देखेसी ' छोरा माँछे भएर रूनू हून्न बाबू ! ल मेरो कस्सम खाएर भन, म आज उपरान्त कहिले रुन्न ! ' र। मैले भनेको थिए ' म आजबाट जिवनमा जस्तो सुकै दुःख, कष्ट बाधा अड़चन आए नी नरोई, नहारी , संघर्ष गर्दै अगाड़ी बढ़नेछू र लक्ष्य हाँसिल गरी मेरी " आमा " को नाम उज्जल गर्नेछू, यो मेरो बाचा भयो ! ' आमा मलाई माफ गरिदिनु, मैले मातृत्व प्रेम अघि हारे र बाचा तोड़ें.. यो संसारमा हज़ुर भन्दा ठूलो मेरो निम्ति न भगवान हून, न येशु हून, न अल्लाह हून, नत गौतम बुद्ध । मेरो मन्दिर मा तपाई नै सर्वश्रेष्ठ र तपाई नै मेरो भगवान ' मेरी आमा ' !

ढ़ूँगे युगबाट सुरू भएको मानव सभ्यता विकास .. क्रमश रूखका पात बेरेर लाज ढाकने, बोराको लुगा लगाउने गरेर आजको मानिस सम्म विकसित भयो ! यसै क्रममा जसले परिवर्तन लाई सजिलै अँगाल्न सके, ती आजका हामी मानिस भयौ, सभ्यता विकास अँगाल्न खोज्दै गर्दा मानिस भन्दा पछी परेका ' राऊटे ' समुदाय भए र जसले परिवर्तन लाई सहर्ष स्वीकार्न सकेनन ती ' चिम्पांज़ी ' भए र जसले परिवर्तन संगै आफ्नो अस्तित्व नी जोगाऊन सकेनन ती पशु वर्गमा रूपांतरण भई ' बाँदर ' भए ! त्यसैले परिवर्तन कुनै जादू होईन, केही छिन मै सम्भव होस ! परिवर्तन आउनको लागी समय लाग्छ, कूरौ ! " आमा " मलाई पहिलो अक्षर सिकाऊने हज़ुर जस्तै ' आमा ' लाई आज यँहा छोराछोरी भन्ने नामधारीले छी:छी र दुर्दूर गर्दै संस्कार नजानेकि आइमाई भनेर गाली गलौच गर्दैछन । म कसरी आफनै आमा'को अपमान र बेइज्जत गरौ ' आमा ' !

हो ! म तिनै महिला ' सीता दाहाल ' को कुरा गर्दैछू आमा ! ' आमा! हिजोका गू-का डल्ला'ले आज जून ' आमा ' जननी बाट आफु माँछे बने तीनको नै अपमानमा राजनीतिक कुण्ठा बोकेका शब्दबाण प्रहार गरीरहेछन ! धिक्कार! छ, त्यस्ता लाई आज मानिस' को उपमा दीईयो । आमा' गू र गोबर छूट्टाउन नसक्ने तीनले आज ' आमा ' लाई संस्कार सिकाऊने रे ! ' ... कलि मा अचम्म हूँछ भन्थे, यो भन्दा अचम्म अरु के सुन्नूपर्ला र !

बिबादको लागी मात्र बिरोध होकि वा यिनीहरु मा सकारात्मक सोच को जरा नै बाँकी छैन .. राम्रो र नराम्रो छुट्टाउन नसक्ने यिनीहरुलाई , यिनको दिमाख, र कुबुध्दी देखेर ' कुरि, कूरि ' गर्न मन लाग्छ !




" आमा " ती मसंगै नौ कक्षासम्म पढेकी र सहर छिरेकी ' फूलमाया ' आजकाल ' जस्मिन ' भएकी छ, नाम परिवर्तन संगै उसकमा आकाश पातालको फरक छ । सानोमा ' सिंगान ' लाई पापा भनेर नाक कोट्याएर लूपुलूपु खाने त्यो सबैले ' सिंगानी ' उपनाम दिएकी ऊ आज दश मिटर पर पर देखि नै मगमग बास्ना आऊने भएर नेपालको नै महँगो dolce & gavanana पर्फ्युम(अत्तर) जसको मूल्य अमेरिकी डलर १३० (नेपालीमा लगभग १४ देखि १५ हज़ार पर्छ। त्यस्तो छरेर ऊ हिंडने बाटो नै बाबरी फ़ुल झै मगमग गर्दै हीड़ने भईछ । अब ' फूलमाया ' ले माली-गाई को गोबर बाट ' गूइंठा ' कहिले बनाऊन्न आमा ! त्यो बेलामा पैसा नभएकाले मेरो खाजासंग ऊ मकै भट्मास साट्ने गर्थी । हिजो भेट्दा उसको घरमा लगि र इमपोर्टेड ब्ल्याक लेभल, भ्याट६९, ज्याक डानिल टेबलमा राख्दै कून पिउने सोध्न थाली तब ' म ! त यस्तो पिउंदिन । ' भन्दा ख़ै तिम्ले आधुनिक संस्कार सिकेका रैंछौ प्रल्हाद । जाऊ! पाखे हरुलाई यस्तो के थाहा भन्दै बेइज़्ज़त गरी ! मलाई कती चित्त दुखेन किनकी ! म गलत होईन सही र जिवनमा उल्लेखनिय परिवर्तन ल्याऊने नयाँ कुरा मात्र ज़िन्दगीमा अपनाउने गरछु ।

" आमा " समाज पुरै बदलिएको छ.. मात्र बदलिएका छैनन, यी खोला, नदि उत्तरबाट दक्षिण नै बग्छन अनि सुर्य पूर्वबाट उदाएर पश्चिम मा नै अस्ताउने गर्छ | बाँकी सबैअले चालढाल, रङ्ग-ढंग सबै बदली सके .. मलाई लाग्छ.. यदि यी प्राकृतिक र ध्रुब सत्य भनिएका कुराले नी दिशा बदलिएर हिड्न थाले भने यो संसारको केहि पनि अस्तित्व रहन्न् र हामि पनि यो धर्तीमा नै बिलाई जानेछौ | हेर्नु त ! कस्तो अत्याधुनिक समाज.. खाना हिटर र ग्याँसले पाक्छन, मानिस परिश्रम गर्ने चाहन्न.. ऊ घर, अफिस मै बसेर, फोनको भरमा खानेकुरा आफ्नो कक्ष मै मगाउंछ ... समाज बिचित्र संग बदलिएको छ " आमा " ! 

" आमा " आजकाल का केटीहरु ! कोहि शहर, कोहि अमेरिका, अष्ट्रेलिया, यूके, बेलजियम, जापान, नेदरल्यांड, कोरिया, अरब देश त कती छिमेकी देश चीन, भारत पढ़न र काम गर्न जाने गरेका छन । तिनिहरु ले नी सिक्ने संस्कार ऊहि फुल्माया(जस्मिन) कै जस्तो हून । त्यसैले " आमा " म हजुरलाई तुच्छ वाणी लाएक़ो र ती यावत संस्कार नजाने की, पुरातन सोचवाली बुढी 'म भनेर उपनाम र अपशब्द बोल्ने कुनै नारीलाई कसरी हज़ुरको बुहारी बनाउन सक्छु ... त्यसैले, म बिहे गरेर "आमा" हज़ुरलाई वृध्दाश्रम पठाउन चाहन्न ...

यदि ' ' आमाकी छोरी ' भनेर आफुलाई चिनाऊने कुनै नारी ले ' म आमाकी बुहारी ' भनेर चिनाऊने हिम्मत राखे बिचार गरौंला नत्र ' म बिहे गरेर "आमा" हज़ुरलाई वृध्दाश्रम पठाउन चाहन्न......



प्रल्हाद दाहाल ! 
साँखू काठमाँड़ौ |
हाल :- दुबई , युयई 

No comments:

Post a Comment

"Thank you" For your time.