Sunday, August 28, 2016

गजल :--

मन पराउँथे तिमीलाई भन्दै भनिन, समाजले बात लाऊँछन की डर लाग्थ्यो
लुकिलुकी तिम्रै वरीपरि सुरक्षा गरे, पापी जमातले हात लाऊँछन की डर लाग्थ्यो !

कती प्रयास गरें हेर, तिमीलाई प्रेम प्रस्तावसंगै घर मैले भित्राउन भनि
कयौपटक गरिबीले हात रोक्यो, मायामाथी धनीले पैसाको खात लाऊँछन की डर लाग्थ्यो !

काँडा बीचमा फूल्यौ तिमी, भई सिंगो रातो गुलाफ भमराको ताँती छ
मैले चूमे भने टिम्लाई प्रेमको खिलाफ गई-ब्वांसाहरूले हामीमा फाट ल्याऊँछन की डर लाग्थ्यो !

मन कती मारी बसें जोडी ढुकुर भई हात समाएर संसार घुम्ने हाँसीहाँसी
बिहे गर्थे तर क्षेत्रि बाबूकी तिमी धनी छोरी, म बाहुन बिचमा जात ल्याऊँछन की डर लाग्थ्यो !

#प्रेममोती #गजल #Aug28
धन्यबाद !!

No comments:

Post a Comment

"Thank you" For your time.