Tuesday, January 19, 2016

गजल ;- 16 jan


मदिराको भाउमा जोखिजोखि ' माया पिरती ' बिक्छ आज
सबै पैसा र धनमा अन्धोछन, रातारात जवानी बिक्छ आज |
...

उसले त भन्दैथी मलाई आईफोन नै चाहियो, सक्छौ दिनु
हाँसेरनै भनिदिएं, 'माग्यौ भने ज्यान पनि म दिन्छु आज !
...

दुनिंया मुर्ति क्रस देवल र गुम्बामा देउता खोजिरहेको छ
म दिलको कुना छाम्दै तिमी भगवान भन्थे, भ्रममा रैछु आज |
...

टाउको छोएर तिम्रो 'कस्सम' खान्छु, छोड्ने छैन साथ भन्थ्यौ
डोराएर हात समाई,अन्धो मेरो प्रेमलाई भडखालो खनिछौ आज |
...

कसले देखेको छर? कसको मनमा के छ, बिश्वास हुन्न रैछ
मायालुले नै गोलीबाट 'प्रल्हाद'को हत्या, यो पढ्दै रुन्छौ आज |


साँखु काठमाण्डौ ! NEPAL
प्रल्हाद दाहाल (UAE)
प्रेममोती ! 

No comments:

Post a Comment

"Thank you" For your time.