Tuesday, January 6, 2015

मेरो काठमान्डौ ! ' ठगमान्डु '


चारैतिर डाँडा
बिचमा आहाल
सबै फोहरी बस्ने
अरुलाई तल झार्ने मात्र
अरुको प्रगतिमा आहारिसे
राम्रो नराम्रो नछुटाउने
कोट पाइन्ट लगाई
नो पार्किंगमै गाडी पार्क
स्कुल, हस्पिटल पुग्दै
पीं पीइं .. पी पी पीइं , ट्वा ट्वा ..
अनाबश्यक हर्न बजाउने
बाइक, कार अनि रिक्सा चढ्ने
बाटो जथाभाबी काट्ने
ठूलो हुलमा मान्छे देखिने
ठाउँ हो, मेरो काठमंडू |



कोहि लुट्छन
कोहि माग्छन
कोहि काटमार गर्छन
अनि दीनदहान्डै बलत्कार गर्छन
कोहि झुटा भगवानका खेति गर्छन
सार्वजनिक बनजंगल नास्छन
नयाँ भगवान मुर्ति स्थापना गर्छन
पहेंलो बस्त्र लाउँछन
मनमा कालो विचार राख्छन
आफैं बनौ, अरुलाई बिगारौं
कुविचार, कुसंस्कार बोकेका
मानिसको घर मेरो काठमंडू |



स्कुलमा पैसाको खेति हुन्छ
हस्पिटलमा मानिस पशु झैँ बिक्छ
डाक्टर भगवान सोच
ऊ लापरबाहीले बिरामी रेटीदिन्छ
शिक्षक अभिभाबक भन्छौ
ऊ साना नानी करनी गर्छ
मानिस मानिसको मुल्य तोक्छ
केटीलाई वैश्य बोल्छ
केटीसँग रात काट्ने पुरुष
ऊ सज्जन गनिन्छ
२ रूप्पे जुम्लाको स्याउ
रु २०० किलोमा बिक्छ
दिनमा पुजारी मन्दिरको
साँझ परेसी, भट्टी छिर्छ
भगवानको नाममा चन्दा
ठूलो भनौदो, त्यसले बिल्डिंग जोड्छ
यस्तै झुण्डको
साझा झुपडी, मेरो काठमंडू |



जनताको लागि लड्छु भन्ने
कुर्शिकै लागि लड्छ
चुनाब ६०१ चुनेसी, सपथ बोल्छ
सम्बिधान बनाउँछु
एक कार्यकाल सकियो
दोश्रो सक्दानी सहमति गर्दैन
र संबिधान नदिई, जनता झुक्काउँछ
ऊ कुर्शिमै मर्न चाहन्छ
बुढो छोड्दैन PM, राष्ट्रपति |
डाक्टर, इन्जिनियर, phd सक्यो
काम केहि मिल्दैन
युवाको बिकल्प विदेश हुन्छ
विकास नभएको छ
बिनास हुँदैछ, मेरो काठमंडू |


राता काला, निला हरिया
सप्तरंगीका हुल बस्ने
ग्याँस पाइन्न
पेट्रोल छैन
बिना डिजेल गाडी चल्दैन
धारा छ, पानी आम्दैन
बिजुली देख्न जुनलाई झैँ कुर्नुछ
साथमा नाबालक सन्तान
'आमा' प्यासी छ छोरो
बाउ बिबश, लाचार बन्छ
तातोपानी भरमा भोकै सुत्छ
पिडाले भरिएको बसाईं
धेरैले धिक्कारेको मेरो काठमंडू |



सयका सामान,१५० कालो बजारी
सरकार उदासिन हुन्छ
डाँका, फटाह भ्रस्ट ब्यापारी चुस्छ्न
हामी सोझा जनतालाई
प्रहरीका अघि लुटिन्छ
सुरक्षाकर्मी अघि बलत्कार हुन्छ
अदालतमा सजाय होइन
धरौटी, भन्दै न्याय बिक्छ
सोझा र भोका बालक बुढाबुढी
सडकमै रात काटेको हुन्छ
कोहि आत्मा खाना दिंदैन
नदेखे झैँ नोकरीमा पुग्छ
हाकिम टेबलमुनिबाट घुस लिन्छ
नेता, ठुला गफ दिन्छ
एक सर्प नचाएर चटककार
सयौं मानिस लुटीरहन्छ
फुलबारी नास्दै, जोडी प्रेम गर्छ
अनि बागमती र बिष्णुमतिमा
दुनिंयाको फोहोर निकाशा हुन्छ
सिक्षित छ, सोच्नु गलत
क्यान्सर लाको फोटो हेर्दै चुरोट पिम्छ
अल्कोहलले मातेर accident मा मर्छ
लास गाड्ने ठाम पो बन्यो
' मेरो काठमंडू '

सबै ठग, फटाह, लुच्चा
चोरहरु, घुसखोरीहरु
जनताको काँधमा ऋण थुपार्ने कुपात्र
कालाबजारी, खोलानाला बेच्ने नेता
ठग नै ठग भेट्ने सहर
मेरो काठमंडू यो हो  ' ठगमान्डु ' |


धन्यबाद |
  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL


हाल :- Dubai, UAE 


 Email :- pearl_nepal@yahoo.com

2 comments:

"Thank you" For your time.