Wednesday, September 24, 2014

गजल (24SeP) ‪#‎Pralhad



तिम्रो यादले तडपायो र रोएँ
माया बिचमा अलपत्र म रोएँ।

भेट्न आउंछु भनी कुरायौ बर्ष
आज झूटो आशा मर्यो र रोएँ ।

हात समाई माया प्रित गास्यौ
आज पीडामा तडपायौ र रोएँ ।

भन्नु के छ र यँहा, उही मायाको
नमिठो सम्झनाले घोच्यो र रोएँ ।

घरछेउको बास्नादार प्यारो फूल
अर्कैले भमरा बनी चुस्यो र रोएँ।

सात जूनी तिम्रै कस्सम खाथ्यौ
सिउंदो अर्कैले भर्यो र रोएँ।

भेट्न आउंछु भनी कुरायौ बर्ष
प्रल्हाद झूटो आशा मर्यो र रोएँ ।


 

No comments:

Post a Comment

"Thank you" For your time.