Friday, September 26, 2014

गजल

केटा राम्रो हुँदैन आउंदैमा बोकेदारी
लभ यु भनेर माया हुँदैन बुझ प्यारी |

घरिघरि आँखा मिल्दैमा,मिठो बोल्दैमा
माया नहुन सक्छ, साँचो जान्नु प्यारी |

हिजो भेटेकोआज माया बस्यो भन्ने सुन्छु
क्षणिक आकर्षण हो भनि बुझ्नु प्यारी |

माया यो हो,मनबाट कसैलाई चाहनु
उ संग छुटिन नखोज्नु, निन्द्रा नपर्नु प्यारी

उसैको बारे सोच्दै, उसैलाई खोज्दै मन उड्नु
जो कोहीलाई ऊ झैँ लागेर, झस्किनु माया प्यारी |

मुस्कान आँखा ओठ वा बोलीमै मोहित हुनु
जिउडाल मनपर्नु त्यो इप्रेशन मात्र हो प्यारी |

मान्छे टाढा भएनी ख्याल राख्छ, भावना बुझ्छ
आफुलाई बिश्वास गर्दै यथार्थ बोल्छ, माया प्यारी |

लभका प्रकार इम्प्रेशन लभ, फ्रेन्ड लभ
भर्चुअल लभ त्रुथ लभ बुझी अघिबढ प्यारी |

केटाकेटिलाई मायामोह,आकर्षण सफल प्रेम
बुझाउने एक प्रयत्न, यो प्रेममोती को सायरी |

केटा राम्रो हुँदैन आउंदैमा बोकेदारी
लभ यु भनेर माया हुँदैन बुझ प्यारी |


इप्रेशन लभ, फ्रेण्डलभ, भर्चुअल लभ र truth लभ ( साँचो माया ) बारेमा पछी अर्कै ब्लगमा स-प्रशंग ब्याख्या र उदाहरण प्रस्तुत गर्ने छु |

धन्यबाद |

No comments:

Post a Comment

"Thank you" For your time.