Sunday, August 17, 2014

यो बलात्कारीहरुको देश ।



६०१ ले सम्बिधान दिन्छु भन्दै लगातार१० बर्ष
संसदको बलत्कार गर्ने देश। 
नेताले देशलाई निकास दिन्छु भन्दै पालैपलो
प्र.म कुर्सिको बलात्कार गर्ने देश।
 

भट्टराई र प्रचण्डले आदिबासी र जनजातीको उत्थान गर्छु भन्दै 
चुनाब जिते, सत्तामा पुग्दा ती मुद्दा बलत्कार गर्ने देश ।
कुपात्रले आफ्नो बैश बिसाउने ठाम भेट्दैन 

र साना नानीहरुको बलत्कार गर्ने देश ।
 

खुम बहादुर जस्तालाई जेलबाट निकल्दां फुलमाला लगाएर,
बलत्कारीको सम्मान गर्ने देश ।
कोशी बाढीपहिरोले २, ३ सयको ज्यान लियो, 
यो देखेर कठै नभन्ने तर 
गुण्डा चरी मर्दा सहीद घोषणा गर्न माग राख्ने कानोहरुको देश ।

 

यिनै बलत्कारीहरुको ठुलो पोष्ट सहित 
पत्रिकाको हेडलाइन (Front-page) बन्ने मेरो देश ।
हो ! साँची यो बलात्कारीहरुको देश ।
आफु माथि बलत्कार हुन्दा चुपचाप सहने
हामी निरीह नेपाली जनताको देश ।



धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)


ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

 

सर-सल्लाह तथा सुझाबका लागि email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.