Wednesday, February 12, 2014

Save Anish Khaling Rai from Death Penalty in UAE...





अनिश खलिंग राईलाई मृत्युदण्ड सजाय बाट मुक्ति दिलाउन आबश्यक ३ लाख पाँच हजार Dhs चाहिएको हुँदा सम्पूर्ण नेपालीहरुमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु |



कामको सिलसिलामा Dubai मा काम गर्दै आएका अनिश, उनकै सहकर्मी पाकिस्तानी नागरिक मारेको आरोपमा हिरासतमा छन | सहकर्मीले जबर्जस्ति करणी गर्न खोज्ने र संधै अबहेलाना, मानसिक तनाब हुँदा पटक पटक उक्त पाकिस्तानी नागरिक सँग मनमुटाब तथा झैँ-झगडा धेरै चोटी भएको थियो | उनले उक्त नागरिकलाई मलाई तिमिले एस्तो अभद्र व्यवहार नगर, यो जुन व्यवहार तिमीले म-माथि गर्दैछौ त्यो अत्याचार तर्फ अघि बढ्दै छ | भनेर बारम्बार भन्दा पनि नमान्ने प्रवृति देखाउने गर्थ्यो | एकदिन येस्तै  स्टाफ एकोमोडेशन बसिरहेको अवस्थामा उनलाई पाकिस्तानी नागरिकले पछाडी बाट जबर्जस्ती करणी गर्न खोज्यो र उनी आफु बच्न खोज्दा , छेउमा नै रहेको फलामको एक गर्हौ चिजले हिर्काए | उनी आफ्नो होस हवास गुमाइसकेका थिए जब हातमा हतियार लिए, उनले उक्त फलामे हतियार पाकिस्तानीको टाउको मा प्रहार गरे | जसको फलस्वरूप उसको मृत्यु भयो |



                     अनिश खलिंग राई अहिले युएईको एक कारोबारमा जेल सजाय काट्दै छन र उनलाई छ महिना अघि युयईको  अबुधाबी तल्लो अदालतले मृत्यु दण्डको सजाय सुनाएको छ | येदी उनले ब्लुड मोनी(blood money) बापत पाकिस्तानी नागरिकको परिवारलाई ३ लाख पाँच हजार दिराम  दिएमा आम-माफी मिल्छ | अन्जानमै उनीबाट भएको यो गल्तिबाट बाच्न पाउने अधिकार गुम्न नदिन सबैलाई सक्दो सहयोग गर्न आग्रह गर्छु |

No comments:

Post a Comment

"Thank you" For your time.