Tuesday, December 17, 2013

बिछोड जिन्दगी

हरदिन झैँ आज नी साँझ ढल्दैछ,
जिबनमा निराशाको दियो जल्दैछ !
मुटू बिछोडको आगो रापमा बल्दैछ,
प्रत्येक शब्दले असह्य पीडा बोल्दैछ !

आंतक फैलाउँदै, दुई मनमुटु छन लडाईमा
देख्न सुन्न भन्दा धेरै फरक हुन्छ भोगाईमा !
ऊ मडारिन्दै छ, आफ्नो मनको मझेरीमा,
देख्ने कसले, दुनिया अन्धो हुन्छ अंधेरीमा !

तिमी गयौ, हृदयमा निकै कोलाहल मचियो,
मेरो अटुट बिश्वासको जग आज भाँचियो !
भए चकनाचुर सिसा टुक्रा  देखेका सपनाहरु,
देख्न छोडे मैले प्रिती गास्ने मायालु जोडीहरु !

अनौठा लाग्न थाले, संगै घुमेका, फुलबारी पार्क,
किन लाग्न थाल्यो, स्वर्गजस्तो घर आज नर्क !
च्यातिएका पन्नाहरु, फेरी जोड्न सक्केला र खै,
संगैबाच्ने बाचा तोडी, जिउन सक्केला एक्लो  भै !


हरदिन झैँ आज नी साँझ ढल्दैछ,
जिबनमा निराशाको दियो जल्दैछ !
मुटू बिछोडको आगो रापमा बल्दैछ,
प्रत्येक शब्दले असह्य पीडा बोल्दैछ !



धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना हाल : Dubai, UAE
          स्थायी : सुन्टोल -८ पालुबारी
           काठमाडौँ, नेपाल !

Email :- pearl_nepal@yahoo.com  


 

No comments:

Post a Comment

"Thank you" For your time.