Wednesday, November 13, 2013

आऊ हामी सहमतिको सरकार बनाम,

आऊ हामी सहमतिको सरकार बनाम,

सबैको अगाडी, हामी मिलेर घर चलाम !

बहुमतको राजनिती रोज्ने, भन्दा अलग बनाम,

तिम्रो र मेरो पिरतीको एक महासागर खनाम!

बिनाश गरेर,यातायात रोकेर हुन्न बिरोध यत्रतत्र,

तिमीले फिर्ता लिनुपर्छ यो, बन्द नौटंकी मित्र !

जसरि नी हुनुपर्छ चुनाब मंगसिर चारको दिन,

भएन भने आऊछ है, अर्को कोतपर्व हुने कालो दिन !

अरु बन्द चक्काजाम अनी ढुंगामुडामै ब्यस्त हुँदा

हामी माया मै मस्त हौ,बमले सडक ध्वस्त हुँदा !

कसको आँखामा पो आँसु आउंछ,मेरीआमा नेपाल रुँदा,

दिन फर्केर आउन्न की,खुशी मिल्ने एकमुठी माटो छुँदा !

धन्यवाद !!

लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

हाल :- Dubai, UAE

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.