Sunday, November 3, 2013

म पैसा बनेर एकदिनमै नाता तोड्न सकिन

पैसा जस्तो घातक, केहि छैन,
यो बिना जिन्दगी पनि त चल्ने हैन !
अमुल्य जिबन, के पैसा मै साट्नु पर्छ त,
सोच्छु, जिन्दगीभर सम्झौतामा बाच्नु पर्छ त!

पैसाले जिबनमा पटक पटक घात गर्छ,
साथ नहुँदा झलमल दिन, औंसीको कालो रात पार्छ!
पैसा संसारमा एक मात्र शक्ति रैछ,
तिमी बिना बाँच्दीन प्रेमि भन्ने, झुट बक्ति रैछ !

रगतको नाता तोडीदिने, अपरिचित सँग सम्बन्ध जोडिदिने,
सहयात्री लाई बीच बाटोमा छोडिदिने, हृदय नै टुक्रा पारी फोडीदिने,
आफ्नै दाजुभाई बीच काटाकाट, मारामारी पारिदिने,
पैसा यो सबको कारक हो भनी, हामी नजाने झैँ गरिदिने!

साथै हुर्केका साथीभाई, अहिले चिन्न सकिएन,
सबै कुरा पैसाले पाउने यंहा, किन पैसाले आमाबुवा किन्न सकिएन!
पैसा कसैको लागी सबथोक भन्ने सोच गलत हो नी, बुझाउन सकिएन,
तिमीबिना जिन्दगीको यो प्रेमरथ, एक पांग्राले कुदाउन सकिएन!

रिसराग लोभ मोहले मानिसलाई छोड्न सकेन,
मैले सोचेको थे, उनी, जुन पैसाले जोड्न सकेन !
अविश्वासको ढोका बलियो,मैले फोड्न सकिन!
माफ गर प्रिय, म पैसा बनेर एकदिनमै नाता तोड्न सकिन !

धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.