रातभरि नसुतेर नै आकाशका तारा गने,
हे भगवान प्राथना , दुई हात जोडी भने !
उनलाई मेरो जिबनको यो बेहाल बताऊ,
जाऊ! शुन्यता जिबनमा खुसी लहर ल्याऊ !
प्रिया! तिमीले पुज्ने, मन्दिरका शिला भगवान,
मात्र केहि नसुन्ने, नबोल्ने ढुंगा , भन्ने लाग्यो !
जिबनको खुशी सबै, भुमरीले उडाएको देख्दा,
यी हातले, म आफ्नै गला रेंटूझैँ मनमा जाग्यो !
सजाएका सपनाका महल, बालुवा महल झैँ ,
हावाले ढल्यो,आँखाबाट मोतीदाना छुट्न थाले !
हेर्दा हेर्दै मनका आशा रुपी दियो निभ्न थाले,
मुटुमा पिडादिंदै बिछोडको घाउ घोच्न थाले !
थाहा छैन, आज किन संसार सबै भत्किए ठाने,
मेरो मौनता, मेरो कमजोरी भइदिएछ मैले जाने !
बाहिर आँधीबेहेरी, घरको बोझ म माथि परेको छ,
तिमी गएपछि शुन्यता, केहि बोल्न मन लाएको छ |
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
No comments:
Post a Comment
"Thank you" For your time.