सुन्तला गुलियो रस भाकै मिठो,
आमाको हातले भुटेको मकै मिठो |
तिम्रो त्यो ओंठको हसाइ अर्कै मिठो,
तिमी र म बिचमा हुने गफै मिठो |
हामी साथसाथै खेलेको पल मिठो,
तिम्रो बोली, सारंगी र्याईर्याई धुन मिठो !
कति छिटो उमेर चढ्यो हौ, भएँ म ठिटो,
आमा काँखमा दुध पेको बाल्यकाल् मिठो |
कति खुशी थिएँ, आमाको साथ मिठो,
बिगत पल, मनमा बिझाउने नमिठो |
यी मेवा-मिष्ठान्न र मासुभात भन्दा
आमा हातले देको गुन्द्रुक् ढिंडो मिठो |
आमाको सम्मान सदैब हामी गरौ,
आमाले दिएको ममता बिछट्टै मिठो |
बुढेसकालमा आमाको साथ बस्दै
बनाऊ, उनका ति बुढेसकाल मिठो |
आमाको हातले भुटेको मकै मिठो |
तिम्रो त्यो ओंठको हसाइ अर्कै मिठो,
तिमी र म बिचमा हुने गफै मिठो |
हामी साथसाथै खेलेको पल मिठो,
तिम्रो बोली, सारंगी र्याईर्याई धुन मिठो !
कति छिटो उमेर चढ्यो हौ, भएँ म ठिटो,
आमा काँखमा दुध पेको बाल्यकाल् मिठो |
कति खुशी थिएँ, आमाको साथ मिठो,
बिगत पल, मनमा बिझाउने नमिठो |
यी मेवा-मिष्ठान्न र मासुभात भन्दा
आमा हातले देको गुन्द्रुक् ढिंडो मिठो |
आमाको सम्मान सदैब हामी गरौ,
आमाले दिएको ममता बिछट्टै मिठो |
बुढेसकालमा आमाको साथ बस्दै
बनाऊ, उनका ति बुढेसकाल मिठो |
No comments:
Post a Comment
"Thank you" For your time.