Sunday, August 13, 2023

के थाहा !!!

झरि हो, निरन्तर परिरहन्छ । रोकिन्छ, रोकिंदैन के थाहा ? जिन्दगी हो, लगातार चलिरहन्छ । कुन मोडमा ठोकिन्छ, के थाहा ? मैले तिम्लाई यति धेरै माया गर्छु । तिम्ले गर्छौ, गर्दैनौ? मनको कुरा, के थाहा ? अहिले म आगो खान्छु, माटो नी खान्छु । कुनदिन मलाई आगोले खान्छ, माटोले खान्छ। के थाहा ? रुप’को घमण्ड गर्छौ, मै हॅु भन्छौ तिमी, त्यो रुप र बैंश कुनदिन सकिन्छ, के थाहा ? अहिले पो बिकेको छौ, अमुल्य सोचौला ! एकदिन सस्तिने छौ, रद्दीमा फाल्छन, के थाहा ? पानी हो, नदि बनि स्वच्छ, सदाबहार बगिरहन्छ । कुनदिन भेल-बाढी बन्छ, बस्ती नै खान्छ, के थाहा ? हिजो हॅांसो थ्यो, आज अॅांसु छ मुहारमा जिन्दगी कुनदिन अन्त्य हुन्छ, के थाहा ? मैले तिमीलाई गुन लाए, आफ्नै खुट्टामा उभिन सिकाएं कुनदिन तिम्ले मेरो खुट्टा पो काट्छौ की! के थाहा ? सानै छौ, देश मेरो सर्बप्रिय भनि लड़कार्छौ आज, भोलि सत्तामा पुगी, कुन कोरीको पाउमा पर्छौ, , के थाहा ? म आफ्नै उद्देश्य देख्छु, कर्तब्य गर्छु, आफैंमा रमाई बस्छु । तिमी कुन सपना देख्छौ, न मलाई सत्रु सोच्छौ ! के थाहा ? बुध्द’लाई ढोंगी, शिब’लाई जोगी, अल्लाहलाई सैतान भन्छौ। कुन बाईबल पढ्छौ, होलिवाईनले पो नुहॅाउछौ की, के थाहा ? feel free to write :- PRALHAD DAHAL Email :- pearl.nepal7@gmail.com pearl_nepal@yahoo.com insta :- https://instagram.com/pearl_nepal twitter :- https://twitter.com/pearl_nepal blog :- https://unexpressed-feelings.blogspot.com/ YouTube :- https://youtube.com/c/pearldigitalstudio fb page :- https://facebook.com/fornepalesePhotography

No comments:

Post a Comment

"Thank you" For your time.