Monday, May 28, 2018

मेरो कथा Blind Singer ( कुछ कुछ होता हे ' गितको साथ )



Listen song Above " कुच्छ कुछ होता हे   = ↑





यसमा समावेश गित को एउटा कथा छ | मलाई यो गित मात्र अपलोड गर्दा ति गायिका माथि अन्याय हुने आभास भएको छ, र सत्य घटना (कथा ) लेख्दैछु |

कुरा मार्च १६, २०१८ को हो | बिशेष कारणबस NEPAL AIRLINES को मार्च १८ को काठमान्डौ दुबई उडान रद्द भएको थियो | खबर पाउने बित्तिकै म शुक्रबारको दिन ठ्याक्क ३ बज्न लाग्दै गर्दा हतार हतार नेपाल एयरलाइन्स कार्यालय न्युरोड गेट पुगेको थिए | उक्त कार्यालयको ढोका बन्द हुन लाग्दैगर्दा म प्रवेश गरें | र ढोका मै रोकेर पालेदाई ले ' कार्यलय समय ' समाप्त भएको जानकारी दिंएर आजलाइ कुनै कार्य नहुने जानकारी दिए | मैले आफ्नो flight रहेको र मसंग प्रिन्ट ticket साथमा थियो त्यो देखाउँदै अत्यन्त जरुरि छ | समस्या बारे जानकारी दिएपछी उंहाले counter मा रहेको कर्मचारी तर्फ इंकित गर्दै जानुस भन्नुभयो |


मैले flight सरेको रहेछ, जानकारी थिएन आज नै थाहा पाएँ र मेरो जसरि नि १८ तारिख दुबई पुग्नपर्छ भनेपछी उँहाले कार्यालय प्रमुख कक्षमा लिएर जानुभयो | अनि छलफल पछी तपाई यदि एकदिन कुर्न सक्नुहुन्छ भने राष्ट्रिय ध्वजाबाहक nepal airlines मै उडान गर्न सक्नुहुन्छ नभए तपाई लाई १८ कै अन्य airlines को flight बुक गरिदिने छौ भन्नुभयो र | तपाईले एकघण्टा कुर्नुपर्छ, अन्य airlines को sit खाली भएमा मात्र त्यो सम्भब हुने र बुझ्न समय चाहिने कुरा गर्नुभयो |

अब मैले कुर्नपर्ने भयो | एकदुई घन्टा यतिकै कुर्न पनि गार्हो हुने त्यसैले म न्युरोड गेटबाट बसन्तपुर तिरको यात्रामा पैदल नै निक्लिए | गुदपाक र पुष्टकारीको मिठो बासनालाई मनले स्पर्श गर्दै म अगाडी बढे | केहि अघि भूगोल पार्क देखिन्थ्यो, मेरो खुट्टाले बिश्राम मागेको अनुभूति पनि भइरहेकोले म त्यही पार्कमा बस्नुपर्ला सोचीहाले |

मेरो खुट्टा टक्क त्यताबाट इन्द्रचोक असन गल्लि जाने बाटो पट्टि देब्रे पट्टि पनि जान मानेन र अघि बढ्न पनि सकेन | म केहि आवाज सुनेर त्यहि बसी रहे | हो ! त्यो उही ' गायिका ' को आवाज हो जसले मलाई रोकेको थियो र बन्दना जी ! street singer हुनुहुन्छ | यो माथिको भिडियोमा तपाईले सुन्न सक्नुहुन्छ |

No comments:

Post a Comment

"Thank you" For your time.