म भारतबाट आयात गर्ने कुनै पनि सामान मा छुट होइन, २०० % Tax लगाउनुपर्छ भन्छु | हरेक सीमामा नयाँ कर्मचारी खटाउनुपर्छ, सुरक्षाबलको मासिक फेरबदल हुनुपर्छ भन्नेमा जोड दिन्छु | किनकी नेपाल सरकारले भारतसंग जोडिएका हरेक नाकामा राम्रो सुरक्षाबल र असल कर्मचारी सिमा भन्सार कार्यालयमा पठाउन नसके, देशको यो स्थिती झन बिग्रिन्छ|
यो कुरालाई स-बिस्तार यसरी भन्न चाहन्छु | जब नेपालको सिमा सुरक्षा बलियो र हरेक आयात सामानमा २०० % ट्याक्स लिइनेछ, भारतले नेपाललाई अघोषितरुपमा लाएको नाकाबन्दी फिर्तागर्न बाध्य हुनेछ | भारतको पश्चिम बंगाल देखि, जयनगर युपी जस्ता नेपालका मानिससंग ब्यापार र आयात निर्यातको खुल्ला सम्बन्ध राख्ने सबैले tax भर्नेछन,देशको आम्दानी बढ्नेछ | सबैलाई थाहा नै छ, यी भारतका सीमामा रहेका ठामले नेपालको खुल्ला सिमा गरि, नेपालमा सामान निर्यात गरेर मोटो रकम भारत भित्राउँदै आफ्नो जिविको पार्जन र केहि रकम बचत गरेकाछन | तिनका लागि, भारत होइन, नेपाल स्वयंम अन्नदाता भगवान नै हो | कुनै पनि सामानले उत्पादन भएर बजार पाम्दैन भने त्यो कुहिएर, सडेर , गलेर खेर जान्छ र त्यो ' 0 'value मा गनिन्छ | तत्काल सीमामा राम्रो ताला र सुरक्षा को सहि निगरानी गरेमा नेपाल सरकारले सीमामा ट्याक्सलिंदा देशको आयश्रोतमा क्षणिक गिराव आउला,केहिले बिरोध गर्लान तर निरन्तरता नियम बनेमा सबैले tax भर्नेछन र देशले सोचेजति राजस्व भविष्यमा पाउनेछ |
भनाई छ नी ! ' केहि पाउनुच भने केहि गुमाउनु पर्छ ' त्यसैले देशले भविष्यमा आम्दानी लिनु छ भने आज केहि रकम वा मुल्य गुमाउनु पर्छ, नयाँ नियम र कानुनलाई स्थायी र कडा रुपमा कार्यन्वयन गर्दै |
आयातमा tax २०० % गरे लगत्तै निर्यातमा 0 % tax नियम लागु गर्नुपर्नेछ | यसले गर्दा नेपालले भारतसंग खाँदै आएको व्यापारघाटाको अन्तर कम गर्नेछ | आयातमा २०० % र निर्यातमा 0 % tax नियम आएमा स्वदेशी सामानको उत्पादनमा जोड गर्नेछन र नेपालले आफ्नो उत्पादनमा विश्वमा सजिलै बेच्न सक्नेछ |
मेरो यो लेखको मूल उद्देश्य भन्नु नै स्वदेशी उत्पादनमा जोड दिन, सरकारलाई आग्रह र सुझाब दिनु रहेको छ |
@प्रेममोती | nov 21 , (4 :20 am )
यो आर्टिकल जयल न्युज डटकम मा नी पढ्न सक्नुहुन्छ तलको लिंकमा !
http://www.jayalnews.com/%E0%A4%86%E0%A4%AF%E0%A4%BE%E0%A4%A4%E0%A4%AE%E0%A4%BE-tax-%E0%A5%A8%E0%A5%A6%E0%A5%A6-%E0%A4%97%E0%A4%B0%E0%A5%87-%E0%A4%B2%E0%A4%97%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%88-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0/
No comments:
Post a Comment
"Thank you" For your time.